पाकिस्तानले मनायो ७१ औं स्वतन्त्रता दिवस

साउन २९, काठमाडौं। पाकिस्तानले मंगलबार आफ्नोे ७१ औं स्वतन्त्रता दिवस मनाएको छ। प्रत्येक वर्षको १४ अगष्टलाई पाकिस्ताने आफ्नो देशको स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ।

नेपालस्थित पाकिस्तान दूतावासले पनि विभिन्न कार्यक्रमहरु गरी आफ्नो स्वतन्त्रता दिवस मनाएको छ। नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले पाकिस्तानी दूतावासको परिसरमा देशको राष्ट्रिय झण्डा फहराएर कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा राजदूत जावेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देश बाचन गरेर सुनाएका थिए।

समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क का महासचिव अमजद हुसैन बी सियाललगायत कामको सिलसिलामा काठमाडौंमा रहेका पाकिस्तानी नागरिक तथा पाकिस्तानी दूतावासमा पुगेका थिए।

Satkar Media House
Leave A Reply

Your email address will not be published.