प्रसुती गृहको दूरावस्थाः डाक्टरहरुको बदामासीले विरामीलाई सास्ती

असार २८, काठमाडौँ । प्रसुतीसम्बन्धी विशेषज्ञ सेवा दिने मुलुकको एकमात्र सरकारी परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, थापाथलीमा चरम अनिमियतता भएको छ ।

त्यहाँ स्तिथ कार्यरत केही कर्मचारीहरुले गर्दा अस्पतालकै बदनाम हुन पुगेको छ । विरामीहरुलाई अनेक बहना गरेर दुःख दिएको गुणासो आएपछि प्रारम्भ खबरको टोली सहित केही युवा अधिकारकर्मीहरु त्यहाँ पुगेपछि गर्भपति महिलाहरुलाई आवश्यक परामर्शा तथा सेवा दिनुको सट्टा बेडको उपलब्ध नभएको भन्दै नीजि अस्पतालतर्फ रिफर गरेर पठाएको पीडितहरुले बताएका छन् । अति संवेदनशील संस्थामा व्यापारीकरणको उद्देश्यले आफू सरकारी जागीर खाएपनि सेवा नै नगरी अन्यन्त्र नीजि अस्पतालहरुमा पठाएको भन्दै उजुरी समेत परेको छ ।

त्यस्तै प्रसुती गृहको निर्देशक डा. संगीता मिश्रका अनुसार आईतबार मात्र ३ ओटा उजुरी आएपछि जागिरबाटै कर्मचारीलाई निकालिएको बताएकी छिन् । विशेष गरी भिडियो एक्स–रे ( अल्ट्र साउण्ड) विभागमा कार्यरत दुई कर्मचारीलाई कारबाही गरिने प्रतिवद्धता दिएकी छिन् । मुलुकको एकमात्र सरकारी परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा दिनप्रतिदिन डाक्टरहरुबाटै चरम लापरवाही र सेवाग्राहीलाई दुःख दिदै आएपछि त्यहाँ सेवा लिन आएका महिला दिदीबहिनीहरु निराश हुँदै घर फर्किरहेका छन् । गर्भपति अवस्थामा महिलाहरुलाई उचित हौसला तथा स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने स्थानबाटै अपमानित हुने र अन्यन्त्र स्वास्थ्य संस्थाहरुमा रिफर गरेपछि आर्थिक र मानसिक रुपमा पीडा बोकेर घर फर्किने क्रम बढ्न थालेको छ ।

सरकारी सेवा संगै निजि क्लिनिक सञ्चालन गर्ने डाक्टारहरुले अस्पतालमा निःशुल्क हुने सेवा चर्को पैसा असुल्दै मानवीय संवेदनशीलतालाई व्यापारीकरण गर्न खोजिएको छ । सरकारकै नुन खाएर सरकारकै बदनाम हुने कार्य गरेका कर्मचारीहरुलाई तत्काल कारबाही गरिने निर्देशक मिश्रले बताएकी छिन् । त्यस्तै अस्पतालमा व्यवस्थापनको अभावका कारण स्वास्थ्य मापदण्ड विपरीत सेवा प्रदान गर्दै छ । गर्भपति महिला, सुत्केरी तथा बालबालिकाको स्वास्थ्य अवस्था सम्बन्धि विशेष उपचार गर्ने त्यस क्षेत्रमा भीडबाड र स्वासप्रस्वास समेत गर्न कठिन हुने गरी विरामीहरुलाई एकै ठाउँमा राखिएको छ । विशेष गरी स्त्री रोग सम्बन्धि परिक्षण तथा उपचारका लागि आउने भएकाले विरामीहरुले आफ्नो समस्यालाई खुलेर राख्ने मौका नै नदिई सेवा दिनुको सट्टा अन्यन्त्र अस्पतालमा जाउ भन्ने र दुरव्यवहार समेत गरेको उनीहरु बताउँछन् ।

केही विरामीहरुले हामीसंग गुणासो राखेपछि कारबाहीको माग राख्दै निर्देशक मिश्रलाई निवेदन समेत पेश गरेका छौँ । सोही निवेदनअनुसार ( भिडियो एक्सरे) विभागका दुई जना कर्मचारी सपना र विद्यालाई आवश्यक छानविन गरी कारवाही गरिने प्रतिवद्धतता दिएकी छिन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.