एमाले स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित

असार २७, काठमाडौं । आइतबारका लागि बोलाइएको नेकपा (एमाले) को स्थायी कमिटी स्थगित भएको छ । बैठक भोलि (सोमबार) सम्मका लागि स्थगित गरिएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

तर, स्थगित गरिएको कारण भने खुलाइएको छैन । स्थायी कमिटी बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको थियो । बैठकमा पूर्व माओवादी नेताहरूसहित माधव नेपाल पक्षका नेताहरूलाई पनि बोलाइएको थियो । नेताहरूले एमाले विवाद समाधानका लागि बनाइएको कार्यदल बैठकमा सहमति भइसकेको बताएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.