भारतमा जिका भाइरसका १४ बिरामी फेला परे

असार २५, काठमाडौँ । भारतको केरला राज्यमा जिका भाइरसको १४ जना बिरामी फेला परेका छन् । जिका भाइरसको बिरामी फेला परे लगत्तै राज्यका सबै जिल्लालाई सचेत अवस्थामा रहन निर्देशन दिइएको छ ।

बीबीसीका अनुसार केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले केरलाको तिरुवनन्तपूरम जिल्लामा जिका भाइरसका बिरामी फेला परेको पुष्टि गर्नुभएको छ । लामखुट्टेको टोकाइबाट सर्ने जिका भाइरसको प्रकोप भारतमा सबैभन्दा पहिले सन् २०१६÷०१७ मा गुजरात राज्यमा भएको थियो ।

पुष्टि भएका सबै बिरामी स्वास्थ्य अधिकारी रहेको बताइएको छ । सबैभन्दा सुरुमा २४ वर्षीया एक गर्भवती महिलामा जिका भाइरसको सङ्क्रमणको पुष्टि भएको छ । ज्वरो, टाउको दुख्ने लगायतको लक्षण देखिएपछि उहाँलाई जुन २८ मा अस्पताल भर्ना गरिएको थियो । गत् बुधबार उहाँले शिशुलाई जन्म दिनुभएको छ ।

स्वास्थ्य मन्त्री जर्जले भन्नुभयो, “सामान्य प्रकृयाबाट शिशु जन्मिएको उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ, राज्य बाहिर गएको उहाँको यात्रा वृत्तान्त छैन् ।” यूगाण्डाको जिका वनबाट सन् १९४७ मा पहिलो पटक बाँदरबाट उक्त भाइरस छुट्टिएको थियो । सन् १९५२ मा मात्रै जिकालाई छुट्टै भाइरसको मान्यता दिइएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.