अमेरिकाबाट १५ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आउँदै

असार २५, काठमाडौं । अमेरिकाले नेपाललाई १५ लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । अमेरिकाले नेपाललाई शनिबार १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप पठाउन लागेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

विकाशील देशहरूलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने राष्ट्रपति बाइडेनको घोषणा अनुसार नेपालले खोप पाउन लागेको हो । यस्तै, अमेरिकाले भुटानलाई पाँच लाख डोज मोर्डेना खोप उपलब्ध गराउने भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.