पार्टी एकतालाई सुदृढ गर्ने सहमति भयो : प्रदीप ज्ञवाली

असार २५, काठमाडौं । पार्टीको विवाद समाधानका लागि बनेको एमालेको कार्यदलले पार्टी एकतालाई सुदृढ गर्ने सहमति गरेको छ । शुक्रबार बसेको कार्यदलको बैठकले एकतालाई जोगाउन सहमति गरेको एमालेका प्रवक्तासमेत रहेको कार्यदल सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए ।

“आजको बैठकमा सघन छलफल भयो । झण्डै सात घण्टा छलफल भयो । बैठकबाट हामी पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा सहमतिमा पुगेका छौँ । सहमतिको दस्ताबेजलाई अन्तिम रूप दिन एकछिन बस्नुपर्ने भएकाले हामीले भोलिसम्मका लागि बैठक स्थगित गरेका छौँ,” उनले भने । एमालेको भविष्य के होला भन्ने बारेको चिन्तालाई दुर गर्नेगरी आफूहरूले सहमति गरेको ज्ञवालीको भनाइ छ । तर, के–के विषयमा सहमति भयो भन्ने उनले खुलाएनन् ।

गत बुधबार राति एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच भेटवार्ता भएको थियो । तर ‘पावर सेयरिङ’ मा सहमति हुन नसकेपछि वार्ता निष्कर्षविहीन बनेको थियो । कार्यदलका सदस्यहरूले छलफलहरू सकारात्मक रहेको बताइरहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.