हैटीका राष्ट्रपतिको घरभित्रै गोली हानी हत्या

असार २३, काठमाडौं । हैटीका राष्ट्रपतिलाई घरभित्रै गोली हानी हत्या गरिएको छ ।

रोयटर्सका अनुसार त्यहाँका राष्ट्रपति जोभेनल मोइसेको उनकै घरमा गोली हानिएको थियो । घटनामा उनकी श्रीमती घाइते भएकी छन् । मोइसेको विगत ३ वर्षदेखि राजीनामा माग भइरहेको थियो ।

कार्यकाल सकिएपछि पनि उनी असंवैधानिक तरिकाले सत्तामा रहेको भन्दै सडकमा लगातार प्रदर्शन भइरहेका थिए । उनको हत्या कसले गर्‍यो भन्ने केही खुल्न सकेको छैन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.