बौद्धबाट साढे १४ लाख रुपैयाँसहित २८ जना जुवा खेल्ने खेलाउने पक्राउ

असार २३, काठमाडौँ । काठमाण्डौको बौद्धबाट साढे १४ लाख रुपैयाँसहित २८ जना जुवाडे पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धमा वाङचु शेर्पाको घरमा पैसाको हार जित हुने गरी जुवा र कौडा खेलिरहेको भन्ने प्राप्त सूचनाका आधारमा छापा मार्दा १४ लाख ५९ हजार रुपैयाँसहित २८ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

उनीहरूको साथबाट एक लाख ८० रुपैयाँको चेक, ११ हजार भारतीय रुपैयाँ, ३० थान कौडा, ३५ बुक तास लगायतका सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तो छ घटनाको विवरण : 
मिति २०७८।०३।२२ गते अ.२१:०० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा न. ६ बौद्ध सिमलटार स्थित वाङचु शेर्पाको साढे तिन तल्ले घरको भुई तलामा केहि ब्यक्तीहरु भेला जम्मा भई पैसाको हारजित हुने गरि जुवा/कौडा खेली खेलाई रहेको भन्ने प्राप्त सुचनाको आधारमा तालुक महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौबाट प्रहरी टोली खटिई गई तपसिलमा उल्लेखीत ब्यक्तीहरुले पैसाको हारजित हुने गरि जुवा/कौडा खेली खेलाई रहेको अवस्थामा फेला पारी निजहरुको साथबाट नगद समेतका दशी प्रमाणहरु समेत बरामद गरिएको ।

निम्नः-
दशी प्रमाणः-

नेपाली रुपैंया १४,५९,९००/-(चौध लाख उनान्साठ्ठी हजार नौ सय) ।
भारतिय रुपैयाँ ११४००/- (एघार हजार चार सय) ।
चेक १,००,०००/-एकलाख को थान १, र ८०,०००/- असी हजार को थान १ ।
कौडा थान-३० तिस,
खेल्दै गरेको तास बुक १३,
नखोलेको तास बुक २१ ।
मानिसको संख्याः-२८ जना ।

मानिसहरुः-
१.जि. सि.पा. घर भई हाल का.जि. काठमाण्डौ महानगरपालिका वडा न. ६ बौद्ध सिमालटार बस्ने बर्ष ४० को लाल ब.बि.क .(खेलाउने)
२.जि. धादिङ घर भई हाल का.जि. का.म.न.पा.६ बौद्ध सिमालटार बस्ने बर्ष ३७ को मान ब. तामाङ ।
३.जि. दोलाखा शैलुन घर भई हाल ललितपुर बस्ने बर्ष४१को असोक घिसिङ ।
४.का.जि. का.म.न.पा. ६ बौद्ध बस्ने बर्ष २४ को रन्जित खड्गी
५. का.जि. का.म.न.पा. ७ कुमारी गाल बस्ने बर्ष ३३ को अमर ब. गुरुङ ।
६ का.जि. का.म.न.पा.६ रामहिटी बस्ने बर्ष ४७ को पुरुषोतम चालिसे ।
७.जि. रसुवा उत्तरगंगा गा.पा. ५ घर भई हाल का.जि. सामाखुसी बस्ने बर्ष २६ को प्रकाश घले ।
८. का.जि. किर्तीपुर घर भई हाल का.जि. सामाखुसी बस्ने बर्ष ४२ को कृष्ण चरण बि.क. ।
९.का.जि. बुढानिलकण्ठ घर भई बस्ने बर्ष ३५ को दोर्जे शेर्पा ।
१०.का.जि. का.म.न.पा.६ बौद्ध बस्ने बर्ष ४९ को प्रविन लामा ।
११.जि.सि.पा. घर भई हाल का.जि. कपन बस्ने बर्ष ३६ को वाङचु शेर्पा ।
१२. का.जि. का.म.न.पा. ६ बौद्ध बस्ने बर्ष ३४ को रिन्जेन लामा .।
१३ का.जि. बु.न.पा.१० कपन बस्ने बर्ष ३६ को पासाङ शेर्पा ।
१४. का.जि. गो.न.पा. ५ जोरपाटी घर भई बस्ने बर्ष २१ स्रमाट लामा ।
१५. का.जि. का.म.न.पा. ६ बौद्ध बस्ने बर्ष ३८ को चन्द्र लामा ।
१६. जि. मकवानपुर घर भई हाल का.जि. का.म.न.पा. ६ सिमालटार बस्ने बर्ष ३३ को चिन कु गोले ।
१७. का.जि. का.म.न.पा. ६ बौद्ध घर भई बस्ने बर्ष ४२ को राजन लामा ।

१८. जि.सि.पा. मेलम्ची घर भई हाल का.जि. लैनचौर बस्ने बर्ष ४१ को असोक गिरी ।
१९. जि.चितवन घर भई हाल का.म.न.पा. ६ बौद्ध बस्ने बर्ष ३५ की रेखा गुरुङ ।
२०. जि. दोलाखा घर भई हाल का.जि. का.म.न.पा. ६ तिनचुली बस्ने बर्ष ३५ को बिकाश तामाङ ।
२१. जि.चितवान घर भई हाल का.जि. का.म.न.पा. ७ कुमारीगाल बस्ने बर्ष ४७ को जगत ब. गुरुङ ।
२२. जि. काभ्रे पालाङचोक घर भई हाल का.जि. सरस्वती नगर बस्ने बर्ष ३८ की लक्ष्मी घलान बानिया २३. का.जि. शखंरापुर ना.पा. १ नाङलेभारे घर भई हाल का.जि. थली बस्ने बर्ष २५ की गिता लामा ।
२४. जि. चितवान घर भई हाल का.जि. का.म.न.पा.६ टुसाल बस्ने बर्ष ४२ की ओम माया गुरुङ
२५. का.जि. का.म.न.पा.९ गौशाला बस्ने बर्ष ५० की शुसिला श्रेष्ठ ।
२६. जि. धादिङ घर भई हाल का. जि. १ बसुन्धारा बस्ने बर्ष ३० की सरिता मल्ल गुरुङ ।
२७. जि. धादिङ घर भई हाल बसुन्धारा बस्ने बर्ष रन्जिता शाक्य ।
२८. जि.चितवान घर भई हाल जि. ललितपुर बस्ने बर्ष ३२ की शान्ती लामा ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.