स्रोत नखुलेको ३१ लाख ९० हजारसहित दुईजना पक्राउ

असार २३, काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बाइपासबाट स्रोत नखुलेको नगद ३१ लाख ९० हजार रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ वर्षीय विनय कलवार र भारतको उत्तर प्रदेश नौतुना बस्ने ३५ वर्षीय सुरज गैडा रहेका छन् । लु२१प २२१२ नम्बरको स्कुटरलाई इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कलवारले बोकेको झोलामा उक्त नगद फेला पारी स्कुटर चालक कलवार र स्कुटरमा सवार गैडालाई पक्राउ गरेको जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.