असार २१, काठमाडौं। निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका बनाएर र सर्वाजनिक गरेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि फैसला आउन समय नजिकिए पनि आयोगले सोमबार कार्यतालिका बनाएर सार्वजनिक गरेको हो।
प्रेस विज्ञप्ति
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका सम्बन्धमा ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका आज मिति २०७८।३।२१ गते स्वीकृत गरेको छ । कार्यतालिकामा मिति २०७८÷०७÷२६ गते शुक्रबार पहिलो चरण र मिति २०७८÷०८÷०३ गते शुक्रबार दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अवधिमा सम्पादन गरिने मुख्य मुख्य क्रियाकलाप समेटिएकोे छ ।
कार्यतालिका अनुसार मिति २०७८÷०३र३१ गतेदेखि मिति २०७८÷०४र१५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ । पहिलो चरणमा सम्पन्न हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मिति २०७८÷०६÷२१ गतेदेखि मिति २०७८÷०६÷२६ गतेसम्म संचालन हुनेछ भने दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रम मिति २०७८÷०६÷३१ गतेदेखि मिति २०७८÷०७÷०५ गतेसम्म सञ्चालन हुनेछ ।
मतदाताहरुको अन्तिम मतदाता नामावली मिति २०७८÷०५÷२३ गते प्रकाशन हुनेछ । समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम मिति २०७८÷०५÷०२ गतेदेखि मिति २०७८÷०७÷०२ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ
(राजकुमार श्रेष्ठ)
सहसचिव एवम् प्रवक्ता


