तामाङ चिकित्सक समाजलाई घेदुङको सहयोग

असार २१, काठमाडौँ । नेपाल तामाङ घेदुङले कोरोना विरुद्धको अभियानमा सकृय तामाङ चिकित्सक समाज नेपाललाई थप सहयोग रकम प्रदान गरेको छ ।

घेदुङको प्रवास शाखाहरु तथा विदेशमा रहेका ब्यक्ति तथा अन्य संस्थामार्फत संकलन गरि पठाइएको रकम आइतबार एक कार्यक्रमकाबिच कोरोना स्वास्थ्य अभियानका लागि समाजलाई हस्तान्तरण गरिएको हो । नेपाल तामाङ घेदुङ र वोधिसत्व बिहारको सहयोग तथा सहकार्यमा तामाङ चिकित्सक समाजले कोरोना महामारीको रोकथा तथा न्युनिकरण र स्वास्थ्य उपचारका कार्यक्रम गाउँगाउँ र घरघर समेत पुगेर सन्चालन गर्दै आएको छ । तामाङ चिकित्सक समाजलाई आइतबार नेपाल तामाङ घेदुङको संघीय कार्यालय चुच्चेपाटिमा पत्रकार सम्मेलन गरि थप रकम र अग्रपंतीमा खटिएका डा.हरुलाई कदरपत्र समेत प्रदान गरेको छ । घेदुङ पछिल्ला दिनमा संकलन भएको करिब २ लाख रुपैयाँसहित गरी ६ लाख ७७ हजार २१ रुपैयाँ तामाङ चिकित्सक समाजलाई प्रदान गरेको छ ।

तामाङ समाज क्यानाडाबाट १ लाख ३६ हजार ५ सय, तामाङ समाज जापान बाट १ लाख ५ हजार, नेपाल तामाङ घेदुङ संघीय सचिवालयबाट १ लाख, नेपाल तामाङ घेदुङ इजरायल बाट ९२ हजार ४ सय, नेपाल तामाङ घेदुङ दक्षिण कोरियाबाट ८१ हजार ९ सय २१ रुपैयाँ रकम संकलन भएको थियो । यस्तै नेपाल तामाङ घेदुङ कतार ३० हजार, नेपाल तामाङ घेदुङ साइप्रस २५ हजार, नेपाल तामाङ घेदुङ बहराइन २० हजार, नेपाल तामाङ घेदुङ मलेसिया १५ हजार, तामाङ समाज युएई बाट १० हजारलगायत गरी रकम संकलन भएको हो । प्राप्त रकम नेपाल तामाङ घेदुङको संघीय अध्यक्ष मोहन गोले, घेदुङका प्रबास प्रमुख तथा अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामाले नेपाल तामाङ चिकित्सक समाजका केन्द्रीय अध्यक्ष डा. दिल बहादुर थोकरलाइ उक्त रकम हस्तान्तरण गरेका हुन् ।

समाजका अध्यक्ष डा.अध्यक्ष दिल बहादुर थोकरका अनुसार गाउँगाउँमा कोरोनाले आक्रान्त बनाइरहेको समयमा समेत समाजका सदस्य डा.हरुले अभियान लिएर गई सेवा प्रदान गरेको छ । अभियानको लागि आर्थिक, समाजिक, नैतिक र भौतिक सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिदै डा. थोकरले समाजले तामाङ समुदायलाई मात्र नभई सम्पूर्ण नेपालीहरुलाई सेवा दिदै आएको बताउनुभयो । उहाँका अनुसार दोलखा, काभ्रे, सिन्धुपाल्चोकका ग्रामिण वस्तिरुमा पुगेर बिरामीहरुको एन्टिजेनमार्फत कोरोना परिक्षण, उपचार, औषधि वितरण मात्रै नभइ खाद्यन्न अभाव भएको ठाउँमा खाद्यन्न समेत वितरण गरिएको छ । कान्छिमाया फाउण्डेसनको समेत सहयोगमा मेलम्चिका बाढि पिडितलाई समेत समाजले खाद्यन्न वितरण र स्वास्थ्य परिक्षण गरेको छ ।

पछिल्लो समय नेपालमा कोरोना महामारी बढेसँगै स्वास्थ्य सामग्रीको संकटको अवस्था सिर्जना हुँदा ग्रामीण क्षेत्रमा नै पुगेर स्वास्थ्य सामाग्रि वितरण तथा परामर्श सेवा दिन तामाङ चिकित्सक समाजले गरेको छ । समाजले मोबाइलमार्फत निशुल्क स्वास्थ्य परामर्श दिने काम गरिरहेको छ । नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेले तामाङ चिकित्सक समाजले शुरु गरेको अभियानमा घेदुङ सदैव साथमा रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.