एमाले दुवै पक्षका नेताहरु माधव नेपाल निवास कोटेश्वरमा

असार २०, काठमाडौं। नेकपा (एमाले) पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गरेका छन्।

एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर शेरबहादुर देउवाका पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन अनुरोध गरेका छन्। नेता नेपाल भेट्न ओली पक्षका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल आइतबार बिहान नेपालको निवास (कोटेश्वर) पुगेका थिए। उनीहरूका साथमा नेपाल पक्षका नेता घनश्याम भुसाल पनि सहभागी थिए।

यसअघि वार्ता टोलीबीच भएको भनिएको सहमतिको मस्यौदा नेतात्रयले नेता नेपाललाई ब्रफिङ गरेका थिए। वार्ताटोलीको यसअघिको बैठकले एकताका लागि विभिन्न प्रस्ताव अघि सारेको थियो। एमालेको केन्द्रीय कमिटी बैठकले सोमवार साँझसम्म शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिँदै एमालेमा रहन वा गठबन्धन रोज्न नेपाल पक्षधरलाई समयसीमा दिएलगत्तै दुई पक्षबीच अझ धेरै छलफल भएका छन्। शनिबार अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोन संवाद पनि भएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.