असार १८, काठमाडौं । काठमाडौंको गौरीघाटमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् ।
मोटरसाइकल चालक काठमाडौंकै गोठाटारका २५ वर्षीय उमेश राउत घाइते भएका हुन् । उनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ । गौरीघाटबाट नयाँबस्तीतर्फ जाँदै गरेको राउत सवार बा८२प ७४३२ नम्बरको मोटरसाइकल बिहीबार राति करिब ९ बजे आफैँ अनियन्त्रित भई पल्टिएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

