१३ वर्षीया बालिकालाई बलात्कार आरोपमा युवक पक्राउ

असार १८, काठमाडौँ । बालिका बलात्कार आरोपमा रोल्पाका युवकलाई प्रहरीले पक्राउ गरेको छ। रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर २ का १९ वर्षिय पोखराज वलीले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ।

तुलसीपुर उपमहानगर वडा नम्बर ५ बसपार्कस्थित एक होटलमा बालिकालाई प्रलोभनमा पारेर वलीले बलात्कार गरेको उजुरीपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताए। असार १५ गते राति होटलमा लगेर वलीले ती बालिकालाई बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.