गोकर्णेश्वरमा ३ दिने फोहोरमैला व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

असार १७, काठमाडौँ । तराना महिला विकास समितिले आयोजना गरेको ३ दिने फोहोरमैला व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा–५ स्थित नारायणटारमा असार १५ गतेदेखि सुरु भएको सो तालिम आज (बिहिबार) सम्पन्न भएको छ । विकास समितिले वडा स्तरीय कार्यक्रम अन्र्तगत नगरपालिकाको सहयोगमा उक्त तालिम आयोजना गरिएको हो । तीन दिनको तालिममा सहभागीहरुलाई आज एक विशेष कार्यक्रमका साथ प्रमाणपत्र वितरण गरिएको हो । वडा नं. ५ का सदस्य लिलामणि  खतिवडाको प्रमुख आतिथ्यतामा भएको सो समापन कार्यक्रममा वडा – ५ कै सदस्यहरु मुकुन्द फुयाँल, दुर्गा फुयाँल, ईष्टपोल स्कूलका प्रिन्सिपल राजेश राई, सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष भिम लामा लगायतको उपस्थिति रहेको थियो ।

करिब १०० जना महिला तथा पुरुषहरुको सहभागीता रहेपनि कोभिडको कारण  फरक फरक चरणमा तीन दिनको फोरहोरमैला व्यवस्थापन सम्बन्धि तालिममा समाजसेवी तथा बागमति सरसफाई अभियानका अभियन्ता उत्तम पुडासैनीले र रामहरी श्रेष्ठले प्रशिक्षण दिएका थिए । घर तथा भान्साबाट निस्किने फोहोर र बाहिर टोलको बाटोमा हुने फोहोरको उचित व्यवस्थापन गरी आर्थिक आम्दानीका स्रोत समेत बनाउन सक्ने गरी प्रशिक्षण प्रदान गरिएको प्रक्षिक पुडासैनीको भनाई छ । जथाभावी फोहोर फालेमा सामाजिक अपराध विरुद्धको  कानुन लाग्ने भएको स्पष्ट पार्दै त्यसबारे सचेत हुन सबैलाई आग्रह गरे ।

महिला सशक्तिकरण तालिम, व्यक्तित्व विकास तथा सीपमूलक तालिमहरु प्रदान गर्दै आएको महिला विकास समितिले सामाजिक रुपान्तरणका लागि समयानुसारको कार्यक्रम गर्दै आएको छ । त्यस्तै सामाजिक विकास तथा नेतृत्व विकासमा समेत अगाडी नेतृत्व गर्न सक्ने वातावरण बनाउनका लागि फोहोरमैला व्यवस्थापनमा महिलाको सहभागीता उल्लेख्य बनाएको अध्यक्ष बसन्ती लामाले बताईन् । फोहोरको व्यवस्थापन संगै समाजमा सचेतनाको पनि आवश्यक रहेकोले टोलटोलामा सन्देशमूलक गतिविधि सञ्चालन गर्दै सबैको व्यवहारमा परिवर्तन गर्न टोल सरसफाई अभियान समेत सञ्चालन गरेको बताएकी छन् ।

तालिम प्राप्त सहभागीहरुलाई आफ्नो टोलमा थप सामाजिक उत्तरदायि बनाउने उद्देश्यका साथ सार्वजनिक स्थानहरुमा फोहोर व्यवस्थापनका लागि डस्बिन समेत वितरण गरेको छ । सडकमा हिडडुल गर्ने मान्छेहरुले जथाभावी फोहोर फालेमा सम्झाउने र चेतना अभिवृद्धि गराउने प्रतिवद्धतता सहित डस्बिन वितरण अध्यक्ष लामाले बताईन्  ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.