काठमाडौं उपत्यकामा ४१९ कोरोना संक्रमित थपिए

असार १७, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१९ कोरोना संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न प्रयोगशालाहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ३१६ जना रहेका छन्। यसैगरी भक्तपुरमा २९ र ललितपुरमा ७४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.