म्याराथन धावक गोपीचन्द्रले टोकियो ओलम्पिक गुमाउने

असार १७, काठमाडौं । म्याराथन धावक गोपीचन्द्र पार्कीले जापानमा आयोजना हुने टोकियो ओलम्पिक गुमाउने भएका छन् ।

उनको स्थानमा एथलेटिक्स खेलाडी सरस्वती चौधरीले नेपालकातर्फबाट खेल्ने भएकी छन् । नेपाल ओलम्पिक कमिटीले बिहीबार एक विज्ञप्ति निकाल्दै नियमित कोटाबाट सरस्वतीले ओलम्पिक खेल्ने जनाएको छ ।

सरस्वतीले एथलेटिक्सको महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन्  । यसअघि गोपीचन्द्र पार्कीले नियमित कोटाबाट टोकियो ओलम्पिक खेल्ने बताइएको थियो । नेपालगञ्ज म्याराथनको उपाधिसहित गोपीले ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए ।

 

तर, विश्व एथलेटिक्सको प्राविधिक कमिटीले नेपाललाई म्याराथनमा नभई महिला १०० मिटरमा कोटा छुटाएकले सरस्वतीलाई पठाइएको ओलम्पिक कमिटिले जनाएको छ

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.