शुक्रबार हुने एमाले केन्द्रीय कमिटी बैठकमा माधव पक्ष नजाने

असार १७, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठक अवैध भएको निष्कर्ष निकालेको छ।

यो समूहका नेताहरुले उक्त बैठकमा सहभागी नहुने निर्णयसमेत गरेको एमाले उपाध्यक्ष भिम रावलले जानकारी दिए। बैठक बोलाउँदा पार्टीको विधान र नवौं महाधिवेशनको नीति सिद्धान्त अनुसार बोलाईनु पर्नेमा शुक्रबारको बैठक ती सबैकुरालाई वेवास्ता गर्दै अबैधरुपमा बैठक बोलाएको निष्कर्ष निकालेको नेता रावलले जानकारी दिए।

माधव नेपाल समूह निकट स्थायी कमिटीको बैठक बिहीबार बुद्धनगरस्थित क्वालिटी वैंक्वेटमा बसेको थियो। यता एमाले केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा सहभागी हुन पार्टीले माधव नेपाल समूहका नेताहरुलाई पत्राचार गरेको छ। कमिटीको बैठक २०७५ जेठ २ कै हैसियतमा बोलाएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

माधव नेपाल समूहले जेठ २ भने पनि पूर्वमाओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरुको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएको भन्दै बैठकमा नजाने निर्णय नेपाल पक्षले गरेको हो। यता संस्थापन पक्षले भने पार्टी एकताको लागि जेठ १८ को बैठक नै डेडलाइन हुने बताएको छ।

बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो। तर दशौं महाधिवेशन आयोजक समिति नै अवैध भएकाले उक्त समितिले बोलाएको बैठकमा नजाने निर्णय माधव नेपाल समूहले गरेको छ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बोलाइएको हो। पहिलो बैठकमा सहभागी हुन वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित सबैलाई पत्र पठाइएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.