कार दुर्घटनामा प्राध्यापक डा भण्डारीको मृत्यु

असार १६, काठमाडौँ । त्रिभुवन विश्‍वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक सह प्राध्यापक डा शंकर भण्डारीको बुटवलमा कार दुर्घटनामा परी मंगलबार साँझ निधन भएको छ।

भण्डारीको पर्थिव शरिरलाई हेलिकोप्टरमा मंगलबार राति नै काठमाडौं ल्याउने र बुधबार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम छ। भण्डारीले आफै चलाएको कार चिप्लिएर कलभर्टमा खसेको थियो। डा भण्डारी कांग्रेस नेता चन्द्र भण्डारीका भाइ हुन्। छत्रकोट १ हुँगाका भण्डारीसँगै दुर्घटनामा परेका हुँगा घर भई बुटवल बस्दै आएका थानेश्वर भण्डारी पनि घाईते भएका छन् ।पूर्व पश्चिम राजमार्गको चरङ्गे चोकबाट २ किलोमिटर उत्तरतर्फको खण्डको सडकमा शंकर भण्डारी आफैले चलाएको बा १७ च ६०६६ नम्बरको कार कल्भर्टबाट तल खसेको ट्राफिक प्रहरीले जनाएको छ।

समाजशास्त्रमा पीएचडी गरेका भण्डारी झन्डै डेढ दसकदेखि प्रध्यापनमा संलग्‍न थिए। त्रिबि अनुगमन निर्देशनालयको उपनिर्देशक समेत काम गरेका भण्डारी ४ बर्षसम्म त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयमा सह– नियन्त्रकको रुपमा काम गरेका थिए। भण्डारीले ७ बर्षसम्म त्रि(चन्द्र कलेज घण्टाघरमा सहायक क्याम्पस प्रमुखको रुपमा कार्यरत रहेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.