७० औँ मदन भण्डारी जन्मजयन्तीः कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गरौं– वरिष्ठ नेता नेपाल

असार १४, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन र नेकपा एमालेलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न आह्वान गरेका छन् ।

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७०औं जन्मजयन्तीका अवसरमा नेपालले कम्युनिस्ट पार्टीले प्राप्त गरेको जनविश्वास पार्टी सिद्धान्त विपरीत संविधान र लोकतन्त्रको विरुद्धमा प्रयोग हुनु दुःखद रहेको बताए ।

विद्यमान वैचारिकराजनैतिक– सांस्कृतिक – आर्थिक विचलन, विकृति,विसंगति,सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयॅा शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक आव्हानसहित उनले जननेता मदन भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.