जारी निषेधाज्ञाबारे थप निर्णय गर्न उपत्यका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

असार १३, काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे थप निर्णय गर्न आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ। यसअघि जारी निषेधाज्ञा सोमबार रातिदेखि सकिँदै गर्दा थप निर्णय गर्न आज बैठक बस्न लागेको हो।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा पुनः थप्ने तयारी भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन्। अहिले समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ। अब सार्वजनिक सवारी संचालन गर्न पाउनु पर्ने व्यवसायीहरुको माग छ । आजको बैठकमा यस सम्बन्धमा केही निर्णय हुन सक्ने सम्भावना छ ।

उपत्यकाका तीन जिल्लाका सीडीओहरुको संयुक्त बैठकले यसबारे थप निर्णय गर्ने बताइएको छ । निश्चित मापदण्ड बनाएर सार्वजनिक यातायातसमेत जोरबिजोर प्रणालीमा सञ्चाचलन गर्न सकिने बारे आजको बैठकमा छलफल हुनेछ। गत वैशाख १६ गते देखि जारी निषेधाज्ञा पटक पटक थपिएको थियो। अघिल्लो साताबाट निजी सवारी साधन जोरबिजोर प्रणाली अनुसार संचालनमा आइसकेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.