चिलीलाई हराउँदै पाराग्वे दोस्राे स्थानमा उक्लियो

असार ११, काठमाडौँ । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पाराग्वेले चिलीलाई पराजित गरेको छ ।

पाराग्वेले चिलीलाई २– ० गोल अन्तरले पराजित गरेको हो । पाराग्वेलाई जित दिलाउन सामु र मिगुएल अल्मिरोनले एक एक गोल गरे । यस जितसँगै समूह ‘ए’ को पाराग्वेले ३ खेलमा ६ अंक जोडेको छ । पाराग्वे समूहको दोस्रो स्थानमा उक्लिएको छ । पाराग्वे यस अघि नै क्वाटरफाइनलमा प्रवेश गरेको छ । चिलीले ४ खेलमा ५ अंक जोडेको छ । तेस्रो स्थानको चिलीले यस अघि नै क्वाटरफाइनलमा स्थान बनाइसकेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.