असार ८, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५२२ जना कोभिड संक्रमित थपिएका छन् । १६ हजार ९१३ वटा नमुनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ६४८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ । योसँग्गै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ८१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

