उपत्यकामा फेरि एकसाता निषेधाज्ञा, निजी गाडीमा जोरबिजोर प्रणाली

असार ६, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार व्यापार व्यवसाय समय तोकेर चलाउन दिने निर्णय भएको छ ।

प्रजिअहरूको बैठकले गरेको निर्णय अनुसार असार ८ गतेदेखि लागु हुने निषेधाज्ञामा कपडा पसल, भाडा पसल लगायत भिडभाड कम हुने व्यवसाय प्रशासनद्वारा निर्धारित समयावधी बमोजिम सञ्चालन गर्न पाइनेछ ।

यस्तै निजी सवारी साधनमा जोरबिजोर लागु गरिएको छ । पछिल्लो समय थप गरिएको निषेधाज्ञामा सार्वजनिक सवारी साधन भने चल्न पाउने छैनन् । सरकारी कार्यालयमा सातामा दुईदिन विदा हुनेगरी सञ्चालन गर्न दिइनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.