भीम लामा ।
असार ३, काठमाडौँ । प्राकृतिक प्रकोपले ठगिएको सिन्धुबासीहरु यतिखेर ज्यान जोगाउनै मुस्किलमा परेका छन् । कहिले भूकम्प त कहिले बाढी र पहिरोका कारण कयौँ सिन्धुबासीहरुले ज्यान गुमाईसकेका छन् । केही बाँच्न सफलहरु प्रकृतिसंग कसैले केही गर्न नसकिदो रहेछ भन्दै विलौना बाहेक केही गर्न सकिरहेको अवस्था छैन् ।

वर्षायामको सुरुसंगै सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची, इन्द्रवती लगायत क्षेत्रमा बाढी र पहिरोका कारण आफ्नो बासस्थान गुमाएका पीडितहरु कहाँ बसौँ के खाउ भएर बस्न बाध्य छन् । यता बाढीको बेलसंगै आफ्नो सन्तान गुमाउनुको पिडा कति दुःखदायी छ । विकाससंगै झिलिमिली शहरको रुपमा परिणत भएको मेलम्ची बजार अहिले अन्धाकार बनेको छ । त्यहाँका थुप्रै घर तथा संरचनाहरु बाढीले बगाएर लगेको छ । चनौटे, मेलम्ची, किउलदेखि तल्लो भेगसम्मका अधिकांश घरहरु डुवानमा परेका छन् ।

दुःख र परिश्रमबाट बनाएका आफ्नो घर र खेतीयोग्य जमिनहरु बाढीले बगाएपछि स्थानीयहरु विस्थापित भएका छन् । १६ वर्ष अघि पनि त्यस क्षेत्रमा त्यस्तै बाढी र बेला आएको सुनाए पनि यस्तो क्षति भने नभएको स्थानीयहरु सुनाउँछन् । केही झिनो आशाका साथ रातभरी नसुति आफ्नो घर हेरीरहेका स्थानीयहरु रातको २ बज्दा पक्की पुलहरु समेत बगाएको दृश्यले आशा टुडिएको सुनाउँछन् । उनीहरु भन्छन् प्रकृतिसंग हामी लड्न सकेनौँ अब यस्तै रहेछ आफ्नो भागको कुरा ।

खोलाको वहाव अझै उस्तै रहेकाले त्रास झनै बढेको छ । हेलम्बु, ग्याल्थुमवासी ज्यान जोगाउन बजार माथि पुगेका छन् । यता मेलम्ची बजारका मानिसहरु खुल्ला आकाशमुनि बसिरहेका छन् । तर जोखिमपूर्ण क्षेत्र मेलम्ची बजार हिलो र लेदोले ढाकिएको छ । केही बाँकी घरहरुबाट आफ्नो सामान निकाल्न सुरक्षाकर्मीका उद्धारटोलीको सहायताले बाहिरसम्म ल्याउन सफल भए पनि कहाँ राख्ने कहाँ लाने भन्ने अन्यौलमै दिन बिताइरहेका छन् ।

यो विपत अहिले मात्र होईनन् पटक–पटक आईरहेका विपतको सामना गर्दै आएपनि यस पटक भने नदी करिडोर र बजार क्षेत्रका मानिसहरुलाई बिल्लीबाठ बनाएको छ । शहर बस्तीको विस्तारसंगै करोडौँ लगानी गरेर व्यवसायी थालानी गरेका र करोडौँ लगानी गरेर बनाएका आफ्नो भौतिक संरचना सहित आफन्ताहरु गुमाउनुको पिडा शब्दमा मात्र सिमित छ । अब आफ्नो जीवन कसरी उकास्ने भन्दा पनि कसरी मनलाई शान्त पार्ने भन्दै डाडा पाखा लागेका दृश्यले बोलिरहेको छ ।

कहाली लाग्दो दृश्यलाई मलमपट्टि लगाउन राज्य संयन्त्र मात्र होईनन् सम्पूर्ण नेपाली समुदाय एकिकृत हुन जरुरी छ । नेपालीहरुमा रहेको सेवाभावको खुल्ला हृदयले अझ फेरी सिन्धुबासीको दुःखको चित्कारलाई नजर पु¥याउने छ भन्ने विश्वास गर्दछु ।


