बाढीले ५० भन्दा बढि वेपत्ताः विपतमा सहयोग जुटाउन स्वास्थ्यमन्त्री तामाङको आह्वान

असार २, काठमाडौँ । मंगलबार परेको अविरल वर्षातका कारण सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीले मानवीय तथा भौतिक क्षति भएको छ ।

बाढीले करिब ५० जनाको बेपत्ता भएको र मेलम्ची खानेपानी ड्याम फुटाएको जानकारी छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण उडाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ ।

मेलम्चीका सडकहरू बगाएको छ भने मेलम्ची आयोजनाको काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसेको छ ।अम्बाथानको सशस्त्र क्याम्प पनि जोखिममा रहेको डिएसपी सापकोटाले जानकारी दिनुभयो । मेलम्चीको आमा ह्योल्मो बसपार्क समेत बाढीले बगाएको छ ।

प्राकृतिक बिपत्तिमा सबैलाई संयमतापूर्वक उद्दार र राहातमा जुटन स्वास्थ्य तथा जनसंख्यमन्त्री सेरबहादुर तामाङले फेसबुक मार्फत आह्वान गरेका छन् । मन्त्री तामाङले क्षति भएको स्थानहरुमा सरकारले आजै टेण्ट र खाध्यान्न पु¥याउने बताएका छन् । सोही क्षेत्रमा घर बगाएकाहरुलाई स्थानीयहरुले आश्रय दिन समेत अपिल गरेका छन् । उनले फेसबुकमा लेखेका छन् अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथदिन आह्वान गर्दै अन्य जानकारी लिन आफ्नो सम्पर्क नम्बर ९८५१०४०८२१ र स्थानीय प्रशासन तथा जनप्रतिनिधिसंग प्रत्यक्ष सम्पर्क गर्न अनुरोध गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.