उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, पसल बिहान ११ बजेसम्म खोल्न पाइने

असार १, काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेपछि आज देखि निषेधाज्ञा खुकुलो भएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा केही खुकुलो गरी असार ७ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेका थिए । बैठकको निर्णयअनुसार आजदेखि खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ। त्यस्तै अब मनिङवाक गर्न हिड्डुल गर्नेलाइ प्रहरी समात्ने छैन भने अब एम्बुलेन्स, शव बाहनलगायत स्वास्थ्य सेवामा खटिने साधनले परिचय पत्र देखाउनु पर्ने झन्झट हटेको छ ।

त्यसैगरि होटलमा ‘टेक अवे’ सेवालाई निरन्तरता दिने , अनलाइन डेलिभरीका लागि होटललाई बिहान ७ बजेदेखि काम गर्न दिइनेछ । विकास निर्माणका काममा आवश्यक पर्ने पसल (हार्डवेयर) लाई अपरान्ह ४ बजेदेखि खुल्न दिइने भएको छ भने विकास निर्माणका काममा स्वास्थ्य मापदण्ड पूरा गरेर मजदूरहरू राख्न पाइनेछ भने वर्कसपहरू बिहानदेखि बेलुकीसम्मै खोल्न पाइनेछ । अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने छ।

बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो बनाइएको छ भने सातामा दुई दिन सहकारी खोल्न दिने निर्णय गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.