अदालतमा विचाराधीन मुद्दालाई प्रभावित नगर्न तीन पूर्वप्रधानमन्त्रीको ध्यानाकर्षण

जेठ ३१, काठमाडौं । कोटेश्वरमा बसेको तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको बैठकले सरकारलाई अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने काम नगर्न ध्यानाकर्षण गराएका छन् ।

सोमबार साँझ विपक्षी गठबन्धनका नेतासमेत रहेका तीन पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल निवास कोटेश्वरमा छलफलमा बसेका थिए । समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा–छलफलले वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो भन्ने कुरामा पुनःस्पष्टता गरेको स्रोतले बताएको छ । त्यस्तै बैठकले आपसी सम्बन्धबारे पनि छलफल गरेको छ । सोमबारको बैठकले एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता जनाएको स्रोतले जानकारी दियो ।

आजको बैठकले कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । र, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरुद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउन माग गरेको बताइएको छ । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नबारे छलफल गरेको र अदालतको निष्पक्षतामा विश्वास, प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएको एक नेताले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.