सांसद वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न कांग्रेसको निर्देशन

जेठ २९, काठमाडौँ । नेपाली कांग्रेसले वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ।

शनिबार विज्ञप्ति जारी गर्दै कांग्रेसले अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको हो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति नभएको उल्लेख छ।

‘पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोही बमोजिम आफूलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने विषयमा नेपाली कांग्रेस प्रष्ट छ,’ प्रवक्ता शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ। त्यस्तै विज्ञप्तिमा संयमको अभिव्यक्ति जरुरी रहने र संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुन्छ रहने पनि उल्लेख छ। नेपाली कांग्रेस बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले शुक्रबार प्रदेशसभा बैठकमा विवादास्पद अभिव्यक्ति दिएको थिए। प्रदेशसभाले प्रस्तुत गरेको नीति तथा कार्यक्रबारेको बहसमा वैद्यले छलफलभन्दा बाहिरको विषयवस्तुको उठान गर्दै कार्यकारी प्रमुखकै हत्या गर्ने अभिव्यक्ति दिएका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.