पुरुष खुल्ला भलिबल प्रतियोगिता भदौ अन्तिम सातादेखि हुने

साउन २८, काठमाडौं । पाँचौं ढोरपाटन पुरुष खुल्ला भलिबल प्रतियोगिता भदौ अन्तिम सातादेखि हुने भएको छ । ढोरपाटन क्लबले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

नेपाल भलिबल संघको संयोजनमा प्रतियोगिता भदौ ३० देखि असोज ६ गते सम्म चल्ने छ । नयाँ बसपार्क स्थित ढोरपाटन स्पोर्टस् क्लबमा हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने छ । प्रतियोगिताको उपाधि विजेताले १ लाखसहित ट्रफि, उपविजेताले ६० हजार र तेस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने छन् । ब्यक्तिगत विधाअन्तर्गत स्पाईकर, ब्लकर क्वीक डिफेन्डर, सर्भर लिफ्टर र प्रशिक्षकले जनही ५ हजार नगद प्राप्त गर्ने छन् ।

त्यस्तै, यति ब्रुअरी प्राली र ढोरपाटन क्लबबीचमा प्रतियोगिताको लागि प्रायोजनको सम्झौता भएको छ । यति ब्रुअरी प्रालीका मार्केटिङ अफिसर बिभोर रायमाझी र ढोरपाटन क्लबमा अध्यक्ष मनबिन छन्त्यालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पश्चात प्रतियोगिता पाँचौ ढोरपाटन एम १५० पुरुष भलिबलको नामबाट सञ्चालन हुनेछ । सम्झौता बापत मुख्य प्रायोजक यति ब्रुअरीले ५ लाख आयोजकलाई उपलब्ध गराउने छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.