निषेधाज्ञा उल्लंघनको जरिवाना तिरेर छुटे गणेश लामा

जेठ २८, पोखरा । निषेधाज्ञाका विच पोखरा पुगेका काँग्रेस युवा नेता गणेश लामासहित अरु २ जनालाई ३÷३ हजार जरिवना तिराएर जिल्ला प्रशासन कार्यालय कास्कीले निर्देशनमा रिहा भएको छ ।

गण्डकी प्रदेशमा सत्ताको रस्साकस्सी चलिरहेका बेला दीपक मनाङेलाई भेट्न आउँदा पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा जरिवाना तिरेर छुटेका हुन् ।  पोखरा लेकसाइडबाट बिहीबार पक्राउ परेका लामासहित ३ जनालाई ३३ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । हालै प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा देखिएका मनाङेलाई भेट्न आएका लामा निषेधाज्ञा उल्लंघनको आरोपमा प्रक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालय कास्कीले लामालाई जरिवाना लिएर छाड्न प्रहरीलाई अनुमति दिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिइरहेका बेला लामा मनाङेलाई भेट्न पोखरा आएका थिए । बिना कारण लामालाई प्रक्राउ गरिएको र सुनियोजित रुपमा फसाउन लागिएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.