युवा नेता लामाको गिरफ्तारीप्रति काभ्रे कांग्रेसको आपति

जेठ २८, काठमाडौँ । काँग्रेस युवा नेता गणेश लामालाई बिहीबार पोखराबाट गरिएको गिरफ्तारीमा प्रदेश सरकारको मिलेमतो र प्रतिशोध मिसिएको भन्दै काभ्रे कांग्रेसले भर्त्सना गरेको छ ।

कांग्रेस काभ्रेका सभापति मधु आचार्यले बिहीबार विज्ञप्ति जारी गर्दै लामाको अविलम्ब ससम्मान रिहाइ नगरे सरकारविरुद्ध सशक्त कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

आम निर्वाचनमा वाग्मती प्रदेश सभाका लागि काभ्रे क्षेत्र नं १ ख का उम्मेदवार समेत रहेका लामाले गण्डकी प्रदेश सरकारमा रहेका निवर्तमान मन्त्री दीपक मनाङेलाई विपक्षी गठबन्धनमा ल्याउनमा भूमिका खेलेको बताउने गरिएको छ । त्यही प्रतिशोध साध्न प्रदेश सरकारको मिलेमतोमा प्रहरीले उनलाई पक्राउ गरेको काभ्रे कांग्रेसको ठहर छ ।

युवा नेता लामालाई पक्राउ गरेपछि काभ्रे लगायतका युवा समर्थकहरुले विना शर्त रिहाईको माग गरेका छन् । पछिल्लो समयमा नेता लामाले सामाजिक, आर्थिक तथा युवा सशक्तिकरणका कार्यमा विशेष सक्रिय भूमिका खेल्दै आएका छन् । उनले गाउँ–गाउँमा पुगेर विपन्न वर्गका समुदायलाई राहत उपलब्ध गराउने, स्वास्थ्य सेवा पु¥याउने तथा विकास निर्माणका काममा समेत अग्रसर हुँदै निर्माण हुँदै गरेको रोशी अस्पतालको समेत अध्यक्षको भूमिका निभाउँदै आएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.