सेवा चुस्त पार्न कर्मचारीलाई गृहमन्त्री अधिकारीको निर्देशन

जेठ २८, काठमाडौँ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन्। गृह मन्त्रालयमा बिहीबार पदभार ग्रहणपछि निर्देशन दिँदै मन्त्री अधिकारीले मातहतका निकायले सेवाको प्रकृति अनुसार २४ सै घण्टा सेवा दिनुपर्ने बताए।

उनले मन्त्रालयमा आएका काम छिटो र छरितो रुपमा सम्पादन गर्न र सेवाग्राहीलाई ढिलासुस्ती नगर्न पनि निर्देशन दिँदै त्यस्ता गतिविधि पाइए कारवाही गर्ने चेतावनीसमेत दिए। गृहमन्त्री अधिकारीको निर्देशन अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरिएको मन्त्रालयले जनाएको छ। उनले चुस्त प्रशासनको प्रत्याभूति दिलाउन  मातहतका कर्मचारीलाई निर्देश गरेका छन्। मन्त्री अधिकारीले गृहका कर्मचारी र सुरक्षा निकाय २४ सै घण्टा खटिनु पर्ने उल्लेख गर्दै कार्यालयसमय भनेर पन्छिन नहुनेमा जोड दिए।

उनले शान्तिसुरक्षा सबल बनाउन प्रहरी अधिकारीलाई समेत निर्देशन दिए। नेपालको सीमा सुरक्षा प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले आफ्नो भूमि सुरक्षाको प्रतिबद्धतासमेत जनाए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.