बौद्धबाट बृद्धा दम्पतीको उद्वार

जेठ २७, काठमाडौँ । काठमाडौ महानगरपालिका वडा नं– ६ बौद्धबाट एक वृद्धा दम्पतिको उद्धार गरेको छ । ७६ वर्षिय रामप्रसाद हुमागाई र उनकी श्रमती ७५ वर्षिय गोपिनी खत्री हुमागाईको उद्धार भएको हो ।

विगत लामो समयदेखि बौद्ध लगायत विभिन्न बाटोमा मयुरको प्वाँख बेच्ने र मागेर खाँदै आफ्नो जीविका गुजारा चलाईरहेका ती दम्पति हाल बन्दाबन्दीको गर्दा सबै बाहिर निस्किन नपाएको र कोठा भाडा समेत तिर्न नसकेर घरबेटीले कोठाबाट निकाला गरेपछि बिचल्ली भएको थियो । सडकमा अलपत्र अवस्था रहेको ती दम्पतिलाई सोही वडाका सदस्य लक्ष्मी श्रेष्ठले दुई महिनादेखि आफ्नो घरमा आश्रय दिइरहेको थियो ।

समस्यामा देखिएपछि ती दम्पतिलाई संरक्षणका लागि राष्ट्रिय महिला आयोगका सदस्य कृष्ण कुमारी पौडेल खतिवडालाई जानकारी गराएपछि खतिवडाको अगुवाईमा आज (विहिवार) महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग समन्वय गरी समाज कल्याण केन्द्र पशुपति बृद्धाश्रममा संरक्षणका लागि व्यबस्थापन राखिएको
आयोगका प्रवक्ता श्याम श्रेष्ठले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.