प्रधानमन्त्री पदबाट ओली स्वतः पदमुक्त भइसके– वरिष्ठ अधिवक्ता थापा

जेठ २६, काठमाडौँ । रिट निवेदक कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री पदबाट एमाले अध्यक्ष केपी ओली स्वतः पदमुक्त भएको जिकिर गरेका छन्।

संविधानको धारा ७६ (४) अनुसार विश्वासको मत ३० दिनभित्र नलिएकाले ओली स्वतः पदमुक्त भएको उनको जिकिर छ। ‘विश्वासको मत ३० दिनभित्रमा लिनुपर्ने संविधानमा छ, उहाँले विश्वासको मत पाउन सक्दिनँ भनिसकेकाले उहाँ पदमुक्त भइसकेको अवस्था हो’ थापाले बहसमा भने। संविधानले संसदीय प्रजातन्त्रको रक्षा गरेको पनि उनले बताए। संविधानको धारा ७६ को व्यवस्था संसदीय व्यवस्थासँग जोडिएकाले त्यसको कार्यान्वयन नहुँदा संविधान असफल हुने थापाको भनाइ छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.