निषेधज्ञामा अन्तर्राष्ट्रिय उडानमार्फत ३३ हजार जनाले गरे हवाइ यात्रा

जेठ २६, काठमाडौं । कोरोना नियन्त्रणमा लागि सरकारले जारी गरेको निषेधाज्ञायता अन्तर्राष्ट्रिय उडानमार्फत ३३ हजार जनाले यात्रा गरेका छन् ।

यो अवधिमा चार्टर, नियमित र उद्धार उडानमार्फत विभिन्न वायुसेवा कम्पनीको चार सय ७९ उडान अवतरण गरेका हुन् । यसमार्फत २१ हजार नौ सय दुई यात्रु नेपालबाट बाहिरिएका छन् । निषेधाज्ञाकै समयमा ११ हजार दुई सय ३८ यात्रु भित्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । १८ वटा वायुसेवा कम्पनीमध्ये कतार एयरवेज, हिमालय एयरलाइन्स, नेपाल वायुसेवा निगम र फ्लाइ दुबाईको उडानमार्फत सेवा लिने यात्रुको संख्या धेरै रहेको छ ।

विमानस्थलका अनुसार अत्याधिक यात्रु र कार्गो उडान सेवा दिएका चार वटा वायुसेवा कम्पनीमध्ये कतार एयरवेज अग्रस्थानमा छ ।

यो वायुसेवा कम्पनीले४४ वटा उडानमार्फत छ हजार पाँच सय ७१ यात्रुलाई सेवा दिएको छ भने तीन सय ६२ टन कार्गो ढुवानी गरेको छ । कार्गो ढुवानी गर्ने कम्पनीमा निजी वायुसेवा कम्पनी हिमालय एयर लाइन्स अग्रस्थानमा छ । कम्पनीले एक महीनामा पाँच सय ४५ टन कार्गो ढुवानी गरेको छ । गत वैशाख १६ गतेयता हिमालयले एक सय ३४ उडान अवतरणमार्फत पाँच हजार आठ सय ४७ यात्रुलाई सेवा दएको छ ।

नेपाल वायुसेवा निगमले यो अवधिमा ६१ वटा उडान अवतरणमार्फत चार हजार आठ सय ८२ यात्रुलाई सेवा दिएको छ। कम्पनीले यो अवधिमा दुई सय ४० टन कार्गो ढुवानी गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यसैगरी फ्लाइ दुबाईले एक महिनामा ४० उडान अवतरण मार्फत चार हजार एक सय ७७ यात्रुलाई सेवा दिएको छ ।विमानस्थलका अनुसार कम्पनीले एक महिनामा २४ टन कार्गो ढुवानी गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.