मूल्यवृद्धिको विरोधमा उत्रिएका नेविसंघका नेताहरू पक्राउ

जेठ २४, काठमाडौं । सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्धी संघ (नेविसंघ) का नेताहरू पक्राउ परेका छन् । सोमबार ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने निर्णय तथा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघका नेताहरू काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ परेका हुन् ।

प्रहरीले प्रशान्त लामिछाने, सागर बाबु भट्ट, सन्तोष श्रेष्ठ, शक्तिमान तामाङ, सबिन भन्डारी, लक्ष्मण भट्टसहितका विद्यार्थी नेताहरूलाई पक्राउ गरेको हो । नेविसंघका महाममन्त्री दीपक भट्टराईले उनीहरूलाई रिहा गर्न माग गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.