साउन २९, काठमाडौं । बलात्कारीको अनुहार कालो कपडाले नछोप्न सांसदहरुले माग गरेका छन् । प्रहरीले विभिन्न अपराधमा पक्राउ पर्नेहरुको कालो कपडाले अनुहार छोपेर सार्वजनिक गर्दै आएको छ । तर प्रतिनिधिसभा सदस्यहरुले बलात्कारीको मुख कालो कपडाले नछोप्न माग गरेका हुन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद सानु सिवाले बलात्कार तथा यौनजन्य हिंसामा परेकाहरुको अनुहार टेलिभिजनमा देखाउने गरेको तर अपराधीको अनुहार छोपेर देखाउन गरिएकोप्रति अन्तुष्टि व्यक्त गरिन् । अपराधीको अनुहार खुला रुपमा देखाउनु पर्ने उनको माग छ । उनले भनिन्, ‘बलात्कारमा परेकाको अनुहार टेलिभिजनमा देखाइन्छ तर अपराधीको अनुहार कालो कपडाले छोपेर देखाइन्छ। अब यसरी नदेखाइयोस्। अपराधीको अनुहार देखाइयोस्, ।’