२० प्रतिशत शय्या बालबालिकाका लागि छुट्याउन स्वास्थ्य मन्त्रालयकाे आग्रह

जेठ २१, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई आफ्नो शय्याको २० प्रतिशत कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारका लागि छुट्याउन आग्रह गरेको छ।

मन्त्रालयका गुणस्तरमापन तथा अनुगमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले आज सूचना जारी गर्दै सरकारी, निजी, सामुदायिक र सहकारी अस्पताललाई २० प्रतिशत बालबालिकाका लागि कोभिड–१९ शय्या छुट्याउन आग्रह गरेका हुन्। “सङ्क्रमणको दोस्रो लहर जस्तै पुनः तेस्रो र चौथो लहर आउने सके र त्यसबेला बालबालिका बढी मात्रामा सङ्क्रमित हुनसक्ने भएकाले आफ्नो स्वीकृत शय्याको २० प्रतिशत कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नहुन अनुरोध छ”, सूचनामा भनिएको छ । उनले उपचारका लागि वैकल्पिक प्राणवायु ९अक्जिसन० को पनि व्यवस्थापन गर्न अनुरोध गरेका छन्।

मन्त्रालयले कोभिड–१९ को प्रथम लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाउँदा सबैको अथक मेहनत र प्रयासले अवस्था काबुभित्रै रहनपुगेको समेत जनाएको छ। प्रथम लहर र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ र युवाहरु सङ्क्रमित भएको हुँदा व्यवस्थापनसम्बन्धी तयारी प्रौढ र युवालक्षित मात्र पुगकाले तेस्रो र चौथो लहरमा बालबालिका बढी प्रभावित बन्ने भएकाले शय्या र अक्सिजन व्यवस्थापन गर्न आग्रह गरिएको उनले बताए।

अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने

सरकारलाई संयुक्त राज्य अमेरिकाले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै अमेरिका सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने निर्णय गरेको जानकारी गराए।

उनले कुन खोप र कति मात्रा दिने भन्ने कुरा विज्ञप्तिमा उल्लेख गरेका छैनन् । “कोभिड–१९ विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने घोषणा गर्नु सराहनीय छ। यस सहयोगको घोषणाप्रति हार्दिक धन्यवादसहित आभार प्रकट गर्दछौँ। साथै भविष्यमा नेपाल र नेपालीका तर्फबाट यस किसिमका साथ र सहयोगको अपेक्षा गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ। यसअघि पनि कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अमेरिकाले स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.