आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो

जेठ २१, काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा केही खुकुलो बनाइएको छ । एकहप्ता खाद्यान्न पसलसमेत खुल्न नदिएको निषेधाज्ञामा आजबाट त्यो बन्देज भने लाग्ने छैन । खाद्यान्न पसल आजबाट बिहानको समयमा खुल्ने छन् । केही खुकुलो बनाएर १० दिन थपिएको निषेधाज्ञा आजबाट लागु भएको छ । अब काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म किराना पसल पसल खुला गर्न पाइने छ ।

तरकारी, फलफूल, दूध, मासु, खानेपानीलगायत अत्यावश्यक सेवाका पसल भने विहान ९ बजेसम्म यसअघि पनि विहानको समय खुला रहन्थे । आजबाट काठमाडौंमा बैंक तथा वित्तीय संस्थाले प्रधान कार्यालय र ३ वटा शाखा, वाणिज्य बैंक र विकास बैंकले प्रधान कार्यालय र २ वटा शाखा सेवा दिन पाउने छन् । वित्त कम्पनीले प्रधान कार्यालय र एउटा शाखा खेलेर सेवा दिन पाउने छन् । अत्यावश्य बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालय भने खुला हुने छैनन् । बिहान ९ बजेसम्म मोटरसाइकल वर्कसप भने खोल्न दिइने भएको छ ।

डिर्पाटमेन्ट स्टोर पनि आजबाट विहानको समयमा खुल्ने छन् । तर, दुई मिटरको दूरी कायम अनिवार्य गर्नुपर्ने छ । मापदण्ड पालना भएरनभएको जिल्ला प्रशासन कार्यालयबाट अनुगमन हुने जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.