उपत्यकामा १ हजार २६३ जनामा कोरोना संक्रमण पुष्टि

जेठ १७, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये काठमाडौँमा ८९०, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका छन्। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार४९१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ। नेपालमा आज ४ हजार ४६२ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ५८४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ७० रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ५ लाख ६१ हजार ३०२ जना पुगेको छ। आज ११४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ। आज १७ हजार ४८० जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३० लाख ५७ हजार ४२४ जनाको परीक्षण गरिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.