सुदूरपश्चिमकाे मन्त्रिपरिषद् विस्तार

जेठ १४, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमा मानबहादुर धामी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले नियुक्त भएका हुन । उनीहरूले आजै शपथ लिएका छन् ।

प्रदेश प्रमुख गंगाप्रसाद यादवले नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनीयताको शपथ खुवाएका भने मुख्यमन्त्री भट्टले राज्यमन्त्रीलाई शपथ खुवाएका हुन् । चुनकुमारी चौधरी, अर्चना गहतराज, मानबहादुर सुनार, मना साउदले राज्यमन्त्रीमा सपथ ग्रहण गरेका हुन् । मन्त्री बनेका सोडारी, खड्का र जोशी एमाले सांसद हुन् भने, धामी माओवादी केन्द्रका सांसद हुन् । त्यस्तै चौधरी, गहतराज साउद पनि एमालेकै तर्फबाट राज्यमन्त्री भएका हुन् ।

यसअघि कायम रहेका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले पदबाट राजीनामा दिएका थिए । उनीहरू एमालेको तर्फबाट मन्त्री बनेका थिए । गत सोमबार बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेपछि एमालेले संसदीय दलका नेता समेत रहेका मन्त्री शाह, भट्ट र सुवेदीलाई स्पष्टीकरण सोधेको थियो । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले उनीहरुलाई आज पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.