अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशन : अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्नू

जेठ १३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड बाहेकका अत्यावश्यक सेवा बन्द नगर्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई ध्यानाकर्षण गराएको छ ।

कोभिड संक्रमितलाई प्राथमिकता दिने क्रममा गर्भवती, प्रजनन् खोप, पोषण, गर्भपतन, परिवार नियोजन तथा किशोर किशोरीसम्बन्धी प्रजनन् स्वाास्थ्य सेवा अत्यावश्यकभित्र पर्ने हुनाले यस्ता सेवा नरोक्न मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयले यस्ता सेवा बन्द गर्दा दीर्घकालीन असर पुग्नसक्ने भन्दै स्वास्थ्यका मापदण्ड अपनाएर सेवा प्रवाह गर्न भनेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.