गोकर्ण विष्ट र योगेश भट्टराई पुनः नेपाल समूहमा

जेठ १२, काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई र गोकर्ण विष्टले आफूलाई पुनः पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चामा उभ्याएका छन् ।

बुधबार माधवकुमार नेपाल तथा झलनाथ खनाल सहित १५ स्थायी कमिटी सदस्यले जारी गरेको विज्ञप्तिमा उनीहरुको समेत नाम समावेश छ। नेकपा (एमाले) का माधव नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध एकजुट हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । योगेश भट्टराईसहित १५ स्थायी कमिटी सदस्यहरूले सामूहिक वक्तव्य जारी गर्दै ओलीका निरंकुश र प्रतिगामी कामकार्वाईका विरुद्ध एकता र सहकार्यका लागि सबै नागरिकलाई आह्वान गरेका हुन् ।

‘केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरूका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ । यसका लागि हामीहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर छौं । यस कार्यमा आ–आफ्नो ठाउँबाट एकता र दृढताका साथ केपी गुटका धाकधम्की, प्रलोभन र भ्रमलाई अस्वीकार गर्दै दृढताका साथ अघि बढ्न नेकपा ९एमाले० का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.