आज ६७१४ संक्रमित थपिए, ६७१६ जना डिस्चार्ज

जेठ १२, काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका ६ हजार ७ सय १४ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको संख्या ५ लाख ३५ हजार ५ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार १९ हजार ३० जनाको पीसीआर परिक्षणबाट ६ हजार ६७७ र एन्टिजेन विधिबाट ३७ जनामा संक्रमण पुष्टि भएको हो । आज ६ हजार ७ सय १६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख ११ हजार ६ सय ३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १४५ जनाको निधन भएको छ । काठमाडौं उपत्यकामा १४ सय ९३ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ११ सय ३९, ललितपुरमा २ सय ४१ र भक्तपुरमा १ सय १३ जना संक्रमित थपिएका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.