दुई दिनमा एक सातालाई पुग्ने खाद्यान्न किनेर राख्नूः प्रमुख जिल्ला अधिकारी

जेठ १२, काठमाडौं । काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा लम्बिएको छ । उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले थप एकसाता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्न र तरकारी पसल पनि एक साता ठप्प गर्ने निर्णय भएको छ । ‘‘उपत्यकावासीले एक हप्ताका लागि खाद्यान्नको जोहो गरिसकेका होलान् । नगर्नेहरूका लागि अझै दुई दिन समय पनि छ,” प्रजिअ पराजुलीले भने । दुध, माछा मासुका पसल भने बिहान ९ बजेसम्म खोल्न दिइने छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.