जेठ ११, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ शिव मार्ग स्थित पशुपति क्षेत्र विकास कोषको जग्गामा बनाएको नयाँ टहराहरु भत्काईएको छ । कोरोनाको महामारीमा संक्रमित हुनबाट जोखिन प्रशासनले निषेधाज्ञा गरिरहेको बेला पशुपति क्षेत्र विकास कोषले भने बलजफ्ती गरेर त्यस क्षेत्रमा बसेका व्यक्तिहरुलाई बिल्लिबाठ गराएको छ । 
मंगलबार विहानदेखि क्षेत्र विकास कोषका सुरक्षाकर्मी, नेपाल प्रहरी र सशस्त्रका टोली सहित आएर नयाँ ३५ वटा टहराहरु भत्काईएको हो । यस अघि क्षेत्र विकास कोषले थप नयाँ बस्ती नबस्न र टहरा नबनाउन पटक–पटक सूचना जारी गर्दै आएपनि वेवास्ता गरी बस्ती विस्तार गर्दै आएकोले सुरक्षाकर्मीसहितको टोली आएर भत्काईएको कोषका प्रतिनिधिहरुले बताए ।

केही दिन अघि मात्र त्यस क्षेत्रमा कुखुरी प्रहरको घटना समेत घटेपछि प्रशासनले थप जटिल समस्या उत्पन्न हुनबाट बचाउन निषेधाज्ञाकै समयमा टहराहरु हटाउनुपर्ने अवस्था आएको प्रहरीको भनाई छ ।

निषेधाज्ञाकै विच रातारात कोषको जमिनको स्वरुप नै परिवर्तन गरी ३० भन्दा बढि जस्ताका टहराहरु बनाएपछि त्यसलाई रोक्न बाध्य भएको क्षेत्र विकास कोषको भनाई छ । यस अघि दुई पटक गोरखापत्र दैनिकमा समेत सूचना प्रकाशन गरी टहरा तथा बस्ती हटाउन अनुरोध गरेपनि केही विचौलियाहरुको फन्दामा परेर नयाँ टहरा थप्दै आएको उनिहरु बताउँछन् ।

अन्य ठाउँमा पक्की घर समेत रहेका व्यक्ति नै सुकुम्बासी हुँ भन्दै पशुपति क्षेत्र विकास कोषको जग्गामा नयाँ बस्ती बसाउन दिने, भाडामा लगाउने र विजुली विचेर हालिमुहाली गर्दै आएको जानकारी पाएपछि पशुपति विकास कोषले एक्सन लिएको उनिहरु बताउँछन् ।

त्यस क्षेत्रमा विचौलियाले प्रति घर टहराबाट २० हजारदेखि ३५ हजारसम्म पैसा असुलेको गुनासो समेत आएको छ । त्यस बस्तीमा विभिन्न राजनीतिक पार्टीको भातृ संगठनहरुले सदस्यता वितरण गर्दै राजनीतिक थलोको रुपमा लिएको भेटिएको छ ।

भिडियो रिर्पोट

