कोरोनाको सन्त्रास हटाउन सकारात्मक चिन्तन व्याख्यान शृङ्खला हुने

जेठ ८, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालले कोरोनाको कारण समाजमा उत्पन्न सन्त्रास हटाउन सकारात्मक चिन्तन व्याख्यान शृङ्खला गर्ने भएको छ । संघले समाजमा मानिसहरु कोरोनाको नकारात्मक प्रभाव, भय, मानसिक सन्त्रासमा रहेकोले सकारात्मक चिन्तनबाट कोरोनाको सन्त्रास हटाउन सकारात्मक चिन्तन व्याख्यान शृङ्खला गर्ने भएको हो ।

देशका विभिन्न क्षेत्रमा प्रतिष्ठित व्यक्तित्वहरुबाट सकारात्मक चिन्तनका बारेमा ज्येष्ठ १० गते देखि १५ गते सम्म व्याख्यान शृङ्खला चलाईने छ । व्याख्यान शृङ्खलामा नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा.सुन्दरमणी दिक्षित, आध्यात्मिक अन्वेशक तथा इस्कोण्ड नेपालका प्रमुख पत्रि प्रभू, पूर्व सेनापति रुक्माङ्गद कटवाल, आधत्मिक चिन्तक जैन मूनि डा. मणीभद्रजी, संविधानविद् अधिवक्ता डा.रामकृष्ण तिमल्सेना, माइति नेपालका अध्यक्ष तथा वरिष्ठ समाजसेवी अनुराधा कोईराला, नेपाली चलचित्र क्षेत्रका ख्यातिप्राप्त नायक निखिल उप्रेतिले सकारात्मक चिन्तनको महत्वको बारेमा आफ्ना धारणा राख्नेछन् ।

अनलाईन जुम मार्फत हुने व्याख्यान शृङ्खला ज्येष्ठ १० गते देखि १५ गते सम्म साँझ साढे ४ बजे देखि ५ बजेसम्म हुनेछ । कार्यक्रम हिन्दू स्वयंसेवक संघको फेसबुक पेज एचएसएस नेपाल  (facebook.com/hss.nepal)  लगायत पेज र युट्युबहरुबाट पनि लाईभ हुनेछ । व्याख्यान शृङ्खलामा जुमबाट जोडिन चाहनेहरु मिटिङ आइ डि  826 1601 2644  र पासकोड 12345 बाट सिधैं जोडिन सक्नेछन् ।

“असिमित समारात्मकताका साथ हामी जित्नेछौं” भन्ने नाराका साथ सञ्चालन गरिएको व्याख्यान शृङ्खलाको सञ्चालन ख्यातिप्राप्त ज्योतिषाचार्य डा.वासुदेव कृष्ण शास्त्रीले गर्नेछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.