प्रतिनिधिसभा विघटनको सिफारिस, कात्तिक २६ र मंसिर ३ का लागि चुनाव घोषणा

जेठ ८, काठमाडौं। सरकारले प्रतिनिधिसभा विघटनको राष्ट्रपति समक्ष सिफारिस गर्दै चुनाव घोषणा गरेको छ।                    शुक्रबार मध्यराति बसेको मन्त्रिपरिषदको बैठकले चुनाव घोषणा गरेको हो। कात्तिक २६ र मंसिर ३ का लागि दुई चरणमा प्रतिनिधिसभा चुनावको मिति तोकिएको छ।  यसअघि पनि ओली सरकारले प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरेको थियो। पुस ५ मा विघटन गरिएको प्रतिनिधिसभा फागुन ११ मा सर्वोच्च अदालतले बदर गरिदिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसधा विघटन गरेका हुन्।  शुक्रबार प्रतिनिधिसभा विघटन हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि ओली र काँग्रेस सभापति शेरबहादुर देउवा दुबैले गरेको दावी खारेज गर्दै चुनाव घोषणाका लागि वातावरण तयार पारेकी थिइन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.