जेठ ६, काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमणका कारण पछिल्लो २४ घण्टामा १९० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच हजार ८४७ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा आठ हजार ३०५ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५४३ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

